केही प्रश्नोत्तरहरू

1, ‘शहिद रंगशाला ‘ कुन जिल्लामा पर्दछ ??
उत्तर = मोरङ
2. ८ वटा जिल्ला भएको एकमात्र अञ्चल कुन हो ??
उत्तर = बाग्मती
3. दक्षिण एसियामा समलिङगी अधिकारलाई
बैधानिक मान्यता दिने एक मात्र मुलुक कुन हो ??
उत्तर = नेपाल
4. नेपालमा हाल सम्म निजि क्षेत्रबाट उत्पादित सबैभन्दा ठूलो जलबिद्युत आयोजना खिम्ती आयोजनाबाट कति मेगावाट बिद्युत उत्पादन हुन्छ ??
उत्तर = ६० मेगावाट
5. नेपालमा बाघ संरक्षणका लागि ३० लाख डलर
सहयोग गर्ने हलिउडका प्रसिद्ध अभिनेता को हुन् ??
उत्तर = Leonardo dicaprio
6. टाउको नघुमाई पछाडि रहेको वस्तु देख्न सक्ने पंक्षी सुगा हो भने जनावर कुन हो ??
उत्तर = खरायो
7. ‘हेलम्बु ‘ कुन जिल्लामा पर्दछ ??
उत्तर = सिन्धुपाल्चोक
8. नेपालमा कति प्रजातिका वन पैदावरको निकासीमा प्रतिबन्ध लगाइएको छ ??
उत्तर = १२ प्रजातिका
9. हाल बिमिस्टेकको अध्यक्षता कुन मुलुकले गरिरहेको छ ??
उत्तर = नेपाल
10. हाल निर्वाचन आयोग भएको भवन राणाकालमा कुन दरबारको नामले
चिनिन्थ्यो ??
उत्तर = चारबुर्जा दरबार
11. दोस्रो राष्ट्रिय विज्ञान दिवसको नारा के राखिएको थियो ??
उत्तर = विज्ञान, प्रविधि र आविष्कार : दिगो विकासको आधार
12. UN महासभामा प्रतिनिधित्व गर्ने नेपालका प्रथम प्रधानमन्त्रि को हुन ??
उत्तर = बि.पि.कोइराला
13. रेडियो नेपालले कहिले देखी बाल समाचार दिन सुरु
गरेको हो ??
उत्तर = बि.स.२०६४ बैशाख १
14. महान्यायधिबक्ता को नियुक्ति को बाट हुन्छ ??
उत्तर = प्र म को शिफारिसमा राष्ट्रपतिले

प्रस्तुतीः केपी भन्डारी

Comments