पृथ्वी सम्मेलनका बारेमा लेख्नुहाेस् । (ना.सु./शा.अ.)
क.
राष्ट्रसंघीय वातावरण कार्यक्रमको आयोजनामा ब्राजिलको रियो द जेनेरियोमा सन् १९९२
जून ३ देखि १४ सम्म भएको वातावराण सम्बन्धी सम्मेलनलाई पृथ्वी सम्मेलन भनिन्छ ।
ख.
यो विश्वको हालसम्मको सबै भन्दा ठुलो सम्मेलन हो । एकमात्र र्पथवीको स्याहार र
उपयोग गरौं भन्ने नारा रहेको उक्त सम्मलेनमा विश्वका १ सय ७८ राष्ट्रका
राष्ट्राध्यक्ष्, सरकार प्रमुख, मन्त्री लगायत उच्च स्तरिय प्रतिनिधि मण्डलका ३५००
प्रतिनिधि तथा ७०० राष्ट्रसंघीय अधिकारीको सहभागिता रहेको थियो । सो सम्मेलनमा
नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले भाग लिएका थिए ।
ग.
सम्मेलनमा हरित गृह प्रभाव सन्धि पारित गर्नुको साथै जून ८ लाई समुद्र दिवसका
रुपमा मनाउने निर्णय गरिएको थियो । साथै सम्मेलनले वातावरण संरक्षणका सम्बन्धमा
२५०० सुझाव प्रस्तुत गरेको थियो ।
घ.
सम्मेलनमा विश्वका १५२ राष्ट्रहरुले विश्वमा दुर्लभ हुदै गएको विरुवा र जीवजन्तुको
संरक्षण सम्बन्धी ‘जैविक विविधता सन्धि’ मा हस्ताक्षर गरेका थिए ।
पृथ्वी
सम्मेलनले पारित गरेका चार विषयहरुः
१.
जैविक विविधता २. एजेण्डा २१
२.
मौसम परिवर्तन ४. वनसंरक्षण सम्बन्धी
सिद्धान्त
Comments
Post a Comment