केही वस्तुगत प्रश्नोत्तर

मिति २०७१ पौष ३० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत
प्रश्नोतरहरु,
• सन् २०१६ को ३१ औं गृष्मकालिन ओलम्पिक खेलकुद
प्रतियोगिता कुन देशमा हुने भएको छ ?
– रियो दि जेनेरियो, ब्राजिल
• क्याटरिङ व्यवसायको सुरुवातकर्ता एवं उद्योगी बिएल
शर्माको कहिले निधन भएको हो ?
– वि.सं २०७१ पुस २७
• समृद्धि फाउन्डेसनको आयोजनामा एसिया लिवर्टी फोरम २०१५
नामक सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ,
– सन् २०१५ जनवरी ८ देखि १०, नेपाल
• मुलुकलाई उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने
उद्येश्यसहित ल्याउन लागिएको पर्यटन गुरुयोजना ( सन् २०१५ –
२०२४ ) अनुसार सन् २०२४ सम्ममा वार्षिक कति पर्यटक
भित्र्याउने लक्ष्य छ ?
– २५ लाख
• मिस अर्थ– २०१४ को उपाधि जित्ने सुन्दरी को हुन् ?
– जेमी हेरेल
• मानिसको अनुहारमा कति वटा हाड हुन्छन् ?
– १४ वटा
• घरायसीस्तरमा पानी शुद्ध गर्ने तरिकामध्ये
सबैभन्दा विश्वसनीय एवं सजिलो उपाय कुन हो ?
– उमालेर
• कुन Love Hormone हार्मोनलाई भनिन्छ ?
– Oxytocin Hormone
• नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्धारा विज्ञान
तथा प्रविधि पुरस्कार २०७१ कसलाई प्रदान गरियो ?
– भोजराज श्रेष्ठ
• सहकारीको अवधारणा कहिले र कुन देशबाट आएको हो ?
– सन् १७६१, स्कटल्याण्ड
• कुन सार्क राष्ट्रको बिदा पर्यटन सूचीमा नेपाल परेको छ ?
– भारत
• २०७१ सालमा प्रदान गरिने गंकी धुस्वाँ बसुन्धरा पुरस्कारबाट
सम्मानित हुने श्रष्टा को हुन् ?
– राजभरोस कापडी भ्रमर
• वि.सं २०७१ पुसमा भएको १९ औं राष्ट्रिय महिला भलिबल
प्रतियोगिताको उपाधि कसले जित्यो ?
– एपीएफ क्लब
• सन् २०१५ जनवरीमा प्रदान गरिएको एसिया प्यासिफिक
प्रेस्टिज बिजनेस ब्रान्ड अवार्ड कसले प्राप्त गरेको छ ?
– माई इन्भेस्टमेन्ट ग्रुप
• फोब्स पत्रिकाले सन् २०१४ मा प्रकाशित
गरेको विश्वका शक्तिशाली व्यक्तिको सूचीमा विश्वका सबैभन्दा शक्तिशाली व्यक्ति को हुन् ?
– भ्लादिमिर पुटिन

Comments

Popular posts from this blog

नेपाल भ्रमण गर्ने संयुक्त राष्ट्र संघका महासचिवहरु

नेपालका केही लोकबाजाहरु

नेपालका महत्वपूर्ण दिवसहरू