Posts

Showing posts from December, 2014

पृथ्वी सम्मेलनका बारेमा लेख्नुहाेस् । (ना.सु./शा.अ.)

क. राष्ट्रसंघीय वातावरण कार्यक्रमको आयोजनामा ब्राजिलको रियो द जेनेरियोमा सन् १९९२ जून ३ देखि १४ सम्म भएको वातावराण सम्बन्धी सम्मेलनलाई पृथ्वी सम्मेलन भनिन्छ । ख. यो विश्वको हालसम्मको सबै भन्दा ठुलो सम्मेलन हो । एकमात्र र्पथवीको स्याहार र उपयोग गरौं भन्ने नारा रहेको उक्त सम्मलेनमा विश्वका १ सय ७८ राष्ट्रका राष्ट्राध्यक्ष्, सरकार प्रमुख, मन्त्री लगायत उच्च स्तरिय प्रतिनिधि मण्डलका ३५०० प्रतिनिधि तथा ७०० राष्ट्रसंघीय अधिकारीको सहभागिता रहेको थियो । सो सम्मेलनमा नेपालका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले भाग लिएका थिए । ग. सम्मेलनमा हरित गृह प्रभाव सन्धि पारित गर्नुको साथै जून ८ लाई समुद्र दिवसका रुपमा मनाउने निर्णय गरिएको थियो । साथै सम्मेलनले वातावरण संरक्षणका सम्बन्धमा २५०० सुझाव प्रस्तुत गरेको थियो । घ. सम्मेलनमा विश्वका १५२ राष्ट्रहरुले विश्वमा दुर्लभ हुदै गएको विरुवा र जीवजन्तुको संरक्षण सम्बन्धी ‘जैविक विविधता सन्धि’ मा हस्ताक्षर गरेका थिए । पृथ्वी सम्मेलनले पारित गरेका चार विषयहरुः १. जैविक विविधता  २. एजेण्डा २१ २. मौसम परिवर्तन  ४. वनस...

विविध वस्तुगत प्रश्नोत्तरहरू

सांस्कृतिक सम्पदा अन्तर्गत मुख्यतया के के कुराहरु पर्छन् ? – परम्परागत मान्यता एवं रहनसहन, धर्म तथा धार्मिक ग्रन्थहरु, स्मारक, अभिलेख एवं शिलापत्र आदि । सांस्कृतिक सम्पदालाई कति भागमा विभाजन गर्न सकिन्छ ? – दुई दुई प्रकारका सास्कृतिक सम्पदाहरु के के हुन् ? भौतिक (छुन र देख्न सकिने), अभौतिक (छुन र देख्न नसकिने) कति अवधि नाघेको उैतिहासिक, पुरातात्विक, साहित्यिक तथा कलात्मक वस्तुलाई सांस्कृतिक सम्पदा भनिन्छ ? – १०० वर्ष विश्व सम्पदा सूचिमा परेका नेपालका सम्पदाहरुः पाटन दरबार क्षेत्र भक्तपुर दरबार क्षेत्र पशुपतिनाथ मन्दिर क्षेत्र स्वयम्भुनाथ स्तुप क्षेत्र बौद्ध स्तुप क्षेत्र चाँगुनारायाण् मन्दिर क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज सगरमाथा राष्ट्रिय निकुञ्ज लुम्बिनी क्षेत्र हनुमान ढोका दरबार क्षेत्र 

नेपालका केही लोकबाजाहरु

क. शंखः शंख सामुद्रिक शंखे किराको खोलबाट बनईएको कडा खालको  बाजा हो । जोडसित फुकेर बजाईने यस बाजाको ठूलो र्धािमक महत्व रहेको छ । पूजा आजमामा तथा लासलाई घाटमा लैजादा हिन्दुहरुले शंख बजाउने गर्दछन् । ख. खैंजडीः काठको खोक्रोमा छालालो मोडेर बनाइइएकमो खैंजडी एक हातले समाई अर्को हातले ठोकर बजाउने बाजा हो । भजन किर्तन तथ रोईला अनि बालन गतिमा खैजडींको अत्यधिक प्रयोग हुन्छ । खैजडीको साथमा धातुबाट बनेका मुजुराको पनि प्रयोग हुन्छ । ग. पुँगीः पुँगी नरिवलको बोक्रा र बाँसबाट निर्माण गरिएको हुन्छ । यसलाई खासगरी तराईमा सपरोहरुले मुखले फुकेर बजाउँछन् । घ. टुङ्नाः लालल् गुराँसको काठबाट बनेको टुङ्नामा सारङ्गीमा जस्तै चारवटा तारहरु हुन्छन् । यो बाजा खासगरी हिमाली भेगमा प्रचलित रहेको छ । ङ. यलम्बरः टुङ्ना जस्तै यलस्मबर पनि तारबाजा हो । दुईवटा तार हुने यो बाजा मुलतः बाँसबाट बनाईएको हुन्छ । यलम्बर किराँतहरुको एक मौलिक बाजा हो । च. एकतारेः प्रायः जोगीहरुले बजाउने एकतारे काठमा छाला मोडेर बनाइृएको हुन्छ । छ. उर्नीः धिमालहरुको मौलिक बाजा उर्नी नरिवलको बोक्रा, छाला र तारबाट बनाईएको हुनछ । ज. ढोलकः काठक...