Posts

Showing posts from January, 2015

केही रोचक जानकारी

गिनीज बुक अफ रेकर्डसको पुस्तक संसारको सबैभन्दा बढी चोरी हुने पुस्तक हो । • चार्ली च्याप्लिन जस्तै देखिनेहरुको प्रतियोगितामा स्वयम् चार्ली च्याप्लिनले तेस्रो पुरस्कार जितेका थिए। • फिन्ल्यान्डमा डोनाल्ड डक कमिक्सलाई प्रतिबन्ध लगाइयो किनकी डोनाल्ड डक नामक पात्रले पेन्ट लाउदैन थियो। • साङ्लासँग विकिरणसँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणुयुद्ध भएमा साङ्ला मात्रै जिवित हुने सम्भावना छ । • एक मिनेटमा करिब८ लाख कोषिका मानिसको शरीरबाट मर्छन भने यतिकै मात्रामा कोषीका बन्छन् पनि । • प्रत्येक वर्ष चन्द्रमा पृथ्वीबाट ३. ८२ cm टाढा गैरहेको छ । • मानिसको शरीरमा एक रक्त कोषिका पुरै शरीरघुम्न २० सेकेण्ड लगाउछ। • कोकाकोला पहिला हरियो थियो । • विश्वमासबै भन्दामिल्ने नाम “मोहम्मद” हो । • मानिसको शरीरको सबैभन्दाबलियो मसल जिब्रोहो । • अमेरिकामा प्रत्यक मानिस सँग२ वटाक्रेडिट कार्ड छ । • कि बोर्ड को एकै पँक्तीको अक्षर बाटबनेकोशब्द TYPEWRITERनै सबै भन्दालामो शब्द हो । • पुरुषको तुलनामा महिलाहरुले लगभग दोब्बरपल्ट आँखाको परेलाझिम्काउने गर्छ । • सुङ्गुरहरुलाई आकाशतिर हेर्नु असम्भव छ। • 111,111,...

केही प्रश्नोत्तरहरू

1, ‘शहिद रंगशाला ‘ कुन जिल्लामा पर्दछ ?? उत्तर = मोरङ 2. ८ वटा जिल्ला भएको एकमात्र अञ्चल कुन हो ?? उत्तर = बाग्मती 3. दक्षिण एसियामा समलिङगी अधिकारलाई बैधानिक मान्यता दिने एक मात्र मुलुक कुन हो ?? उत्तर = नेपाल 4. नेपालमा हाल सम्म निजि क्षेत्रबाट उत्पादित सबैभन्दा ठूलो जलबिद्युत आयोजना खिम्ती आयोजनाबाट कति मेगावाट बिद्युत उत्पादन हुन्छ ?? उत्तर = ६० मेगावाट 5. नेपालमा बाघ संरक्षणका लागि ३० लाख डलर सहयोग गर्ने हलिउडका प्रसिद्ध अभिनेता को हुन् ?? उत्तर = Leonardo dicaprio 6. टाउको नघुमाई पछाडि रहेको वस्तु देख्न सक्ने पंक्षी सुगा हो भने जनावर कुन हो ?? उत्तर = खरायो 7. ‘हेलम्बु ‘ कुन जिल्लामा पर्दछ ?? उत्तर = सिन्धुपाल्चोक 8. नेपालमा कति प्रजातिका वन पैदावरको निकासीमा प्रतिबन्ध लगाइएको छ ?? उत्तर = १२ प्रजातिका 9. हाल बिमिस्टेकको अध्यक्षता कुन मुलुकले गरिरहेको छ ?? उत्तर = नेपाल 10. हाल निर्वाचन आयोग भएको भवन राणाकालमा कुन दरबारको नामले चिनिन्थ्यो ?? उत्तर = चारबुर्जा दरबार 11. दोस्रो राष्ट्रिय विज्ञान दिवसको नारा के राखिएको थियो ?? उत्तर = विज्ञान, प्रविधि र आविष्कार : दिगो विकासको आधार...

नेपालका महत्वपूर्ण दिवसहरू

लोकतन्त्र दिवस -- बैशाख 11 कानुन दिवस -- बैशाख 26 गणतन्त्र दिवस -- जेठ 15 राष्ट्रीय जनगणना दिवस -- असार 8 संसद दिवस -- असार 16 भानु जयन्ति -- असार 29 मुलुकी एन दिवस -- भाद्र 1 शिक्षा दिवस -- सेप्टेम्बर 8 गैरआवासीय नेपाली दिवस -- अक्टोबर 11 बाल दिवस -- भाद्र 29 सामाजिक सेवा दिवस --अशोज 6 राष्ट्रीय बिज्ञान दिवस --अशोज 1 सशस्त्र प्रहरी दिवस --कार्तिक 7 राष्ट्रिय कर दिवस -- मंसिर 1 राष्ट्रिय एकता दिवस -- पुस 27 राष्ट्रिय सूचना प्रबिधि दिवस -- मे 2 सहिद दिवस -- माघ 16 प्रजातन्त्र दिवस -- फागुन 7 सैनिक दिवस -- महाशिवरात्री लेखक दिवस -- चैत 3

केही वस्तुगत प्रश्नोत्तर

मिति २०७१ पौष ३० गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु, • सन् २०१६ को ३१ औं गृष्मकालिन ओलम्पिक खेलकुद प्रतियोगिता कुन देशमा हुने भएको छ ? – रियो दि जेनेरियो, ब्राजिल • क्याटरिङ व्यवसायको सुरुवातकर्ता एवं उद्योगी बिएल शर्माको कहिले निधन भएको हो ? – वि.सं २०७१ पुस २७ • समृद्धि फाउन्डेसनको आयोजनामा एसिया लिवर्टी फोरम २०१५ नामक सम्मेलन कहिले र कहाँ सम्पन्न भयो , – सन् २०१५ जनवरी ८ देखि १०, नेपाल • मुलुकलाई उत्कृष्ट गन्तव्यका रुपमा स्थापित गर्ने उद्येश्यसहित ल्याउन लागिएको पर्यटन गुरुयोजना ( सन् २०१५ – २०२४ ) अनुसार सन् २०२४ सम्ममा वार्षिक कति पर्यटक भित्र्याउने लक्ष्य छ ? – २५ लाख • मिस अर्थ– २०१४ को उपाधि जित्ने सुन्दरी को हुन् ? – जेमी हेरेल • मानिसको अनुहारमा कति वटा हाड हुन्छन् ? – १४ वटा • घरायसीस्तरमा पानी शुद्ध गर्ने तरिकामध्ये सबैभन्दा विश्वसनीय एवं सजिलो उपाय कुन हो ? – उमालेर • कुन Love Hormone हार्मोनलाई भनिन्छ ? – Oxytocin Hormone • नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्धारा विज्ञान तथा प्रविधि पुरस्कार २०७१ कसलाई प्रदान गरियो ? – भोजराज श्रेष्ठ • सहकारी...

नायब सुब्बा कहाँ कति खुल्याे ?

Image
 निजामती सेवामा प्रवेश गरी सरकारी जागिर खाने इच्छा छ ? के तपाई लोकसेवा आयोगको परीक्षाको तयारी गरिरहनुभएको छ ? यदि त्यसो हो भने निजामती सेवामा छिर्ने अवसर छ । लोकसेवाले देशभरबाट गरी झण्डै ५ सय जना  नायब सुब्बाको  विज्ञापन प्रकाशन  गरेको छ । लोकसेवा आयोगले देशका विभिन्न ५ क्षेत्रीय कार्यालयहरुबाट गरी कुल ४ सय ८२ जना राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिक नायब सुब्बाका लागि विज्ञापन प्रकाशन गरेको हो । खुल्ला तथा समावेशीतर्फ गरी पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयबाट कुल १ सय ४ पदका लागि दरखास्त आह्वान गरिएको छ । सबैभन्दा बढि २ सय ४ जना नायब सुब्बा पदका लागि मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय कमलपोखरीबाट दरखास्त आह्वान गरिएको छ । त्यस्तै पश्चिमाञ्चलबाट ८३, मध्यपश्चिमाञ्चलबाट ५५ र सुदुरपश्चिमाञ्चलबाट ३८ जना नायब सुब्बा पदका लागि विज्ञापन गरिएको छ । लोकसेवा आयोगले खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्ने कुल पदसंख्या मध्ये ४५ प्रतिशत समावेशी र ५५ प्रतिशत खुला प्रतिस्पर्धाबाट छनोट गर्दछ । समावेशीतर्फ छुट्टाइएको कुल पदको ४५ प्रतिशतलाई शत प्रतिशत मानी महिलाका लागि ३३ प्रतिशत...

SEZ भनेको के हो ?

SEZ को पूरा रुप Special Economic Zone हो । जसको नेपाली रुप ‘विशेष आर्थिक क्षेत्र’ हो । निर्यातजन्य उद्योगको स्थापना गरी मुलुकको अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउनका लागि राज्यले विशेष महत्वका साथ तोकेको निश्चित क्षेत्रलाई विशेष आर्थिक क्षेत्र भनिन्छ । निर्यातजन्य उद्योग स्थापनाका लागि नेपाल सरकारले सेज स्थापनाको नीति बनाएको छ । निर्यातजन्य उद्योग सञ्चालन गर्न देशका विभिन्न १४   ठाउँमा सेज स्थापना गर्ने सरकारी योजना छ । सोही क्रममा सिमरामा धमाधम निर्माण कार्य भइरहेको छ। नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र भैरहवा विशेष आर्थिक क्षेत्र हो । २०७१ मंसिर ३ गते उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र उद्योगमन्त्री महेश वस्नेतले संयुक्त रुपमा भैरहवा विशेष आर्थिक क्षेत्र उद्घाटन गरेका हुन् । भैरहवामा खाद्य तथा कृषिजन्य उद्योग, हर्बल, छालाका, तयारी पोसाक, गलैँचा तथा ऊनका सामान, पस्मिना तथा रेशम, हाते कागजका वस्तु, हस्तकला तथा गरगहना, धातुजन्य उद्योग, स्पोर्टस्वेयर, गहना तथा बहुमूल्य पत्थर, प्लास्टिक उत्पादन होजियरी, एसेम्बल्ड इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल उत्पादन, सूचना प्रविधि उद्योग र प...

नेपालका नदीका पौराणिक नामह

नेपालका नदीका पौराणिक नामहरू मनोहरा : मनमती धोबीखोला : रुद्रमती ककुमति : कर्मनाशा मर्स्याङदी : सितप्रभा कर्णाली : पञ्चेश्वर सुनकोशी : शुभश्रवा सेतीगण्डकी : सुवर्णप्रभा मादी : रत्नधारा झिमरुक : धर्मावती माडी : माण्डवी तादी : सुर्यवती लिखु : हेमगंगा त्रिशुली : धर्मधारा तमोर : दुखधी दुधकोशी : भद्रावती बुढी गण्डकी : यशोधरा राप्ती : अचिरावती दरौँदी : विश्वधारा इन्द्रावती : सत्यबाहिनी पेपे : चम्पावती कालीगण्डकी : कृष्णगण्डकी अरुण : महाप्रभा नख्खुखोला : प्रभावती

नेपालमा हालसम्म स्थापना भएका प्रशासन सुधार आयोगहरु

नेपालमा हालसम्म स्थापना भएका प्रशासन सुधार आयोगहरुको नाम लेख्नुहोस् । १. बुच कमिसन २००९ २. प्रशासकीय पुर्नगठन आयोग २०१३ ३. प्रशासन सुधार आयोग २०२५ ४. प्रशासन सुधार आयोग २०३२ ५. उच्चस्तरिय प्रशासन सुधार आयोग, २०४८

नेपाल भ्रमण गर्ने संयुक्त राष्ट्र संघका महासचिवहरु

नेपाल भ्रमण गर्ने संयुक्त राष्ट्र संघका महासचिवहरुको नाम के हो ? संयुक्त राष्ट्र संघका महासचिव वान की मुनले वि.स. २०६५ कार्तिक १५ देखि १६ मा नेपालको दुई दिने भ्रमा गरे । नेपालको शान्ति प्रक्रियालाई सघाउ पुर्याउने क्रममा नेपाल आएका मुनले नयाँ संविधान निर्माण, सेना समायोजन तथा शान्ति स्थापनाका लागि सबै दलको सहमति र सहकार्यमा जो दिए । हालसम्म संयुक्त राष्ट्र संघ का निम्नानुसारका पाँच महासचिवहरुले नेपालको भ्रमण गरेका छन् । १. उथान्त, म्यानमार २. कुर्त वाईल्ड हाईम, अष्ट्रिया ३. हाभिएर पेरेज द कोयार, पेरु ४. कोफी अन्नान, घाना ५. बान कि मुन, दक्षिण कोरिया